Logo
Logo

बबई नदिको बीचमा फसेका दुई जनाको सकुशल उद्धार


441
Shares

बर्दिया । गुलरिया नगरपापिका-५ बालापुरस्थित बबई नदिको बीच भागमा फसेका दुई जनाको साउन २० गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

The current image has no alternative text. The file name is: uddar-1.gif

सोही ठाउँ बस्ने ७५ वर्षिय मोतिलाल चौधरी र ६९ वर्षिय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासि पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उद्धार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी बबई नदिमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने सम्भावित स्थानहरुमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ । बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहा पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा लेबल मानिन्छ ।

डुबानमा पर्न सक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्