काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आजदेखि सुरु हुँदैछ ।
‘नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु पभिलियन भवन भृकुटीमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहान ९ बजे गर्नेछन् ।
साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ ।
यस एक्स्पोमा यसअघि भएका अन्य शोहरुमा भन्दा सबैभन्दा धेरै दुइ पाङ्ग्रे सवारी ब्राण्डले सहभागीता जनाउँदैछन् । नाइमाका अनुसार डेढ दर्जन दुइ पाङ्ग्रे ब्राण्डले नाइमा एक्स्पोमा सहभागीता जनाउँदै छन् ।











