
एजेन्सी । अमेरिकाको उत्तरी एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
फ्ल्यागस्टाफबाट करिब २०० माइल नौ हजार ३२१ किलोमिटर उत्तर–पूर्वमा रहेको चीन्ले विमानस्थल नजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनापश्चात विमानमा आगो लागेको थियो ।
दुर्घट्नामा बिरामीलाई लिन अस्पताल जाँदै गरेको चिकित्सकहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रिय परिवहन सुरक्षा बोर्ड र एफएएले यसको जाँच गरिरहेका बताएको छ । दुर्घटनाको कारण हालसम्म पत्ता लाग्न सकेको छैन ।











