भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी हल बनाउने अर्थमन्त्रीको घोषणा काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरेका छन् ।
नाइमाले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन समारोहमा बाोल्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै टुकुचादेखि पश्चिमका संरचना भत्काएर अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरेका हुन् ।
साथै उनले तीन वर्षभित्र आधुनिक प्रदर्शनी हल निर्माण भइसक्ने र यसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्ने बताए ।
‘काठमाडौंमा प्रदर्शनीस्थल थिएन । भृकुटीमण्डपमा प्रदर्शनीस्थल बनाउने भनेर राखिएको हो । यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, कार्यान्वयन हुने विषय हो,’ उनले भने, ‘ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ ।’
अर्थमन्त्रीले हालैको बजेट निजी क्षेत्रसँगको बृहत छलफलपछि ल्याइएको र यसले लगानीको वातावरण बनाउन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको स्पष्ट पारे ।
‘यो बजेट अर्थमन्त्रीले बनाएको होइन, यो हामी सबैले बनाएको बजेट हो भन्ने अनुभूति निजी क्षेत्रले गरोस् भन्ने हाम्रो चाहना थियो,’ उनले भने ।
त्यस्तै उनले सरकार पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकताका साथ लागेको बताए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर(दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरेका छन् ।
नाइमाले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन समारोहमा बाोल्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरेका हुन् ।
साथै उनले तीन वर्षभित्र आधुनिक प्रदर्शनी हल निर्माण भइसक्ने र यसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्ने बताए ।
‘यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, यो कार्यान्वयन हुने विषय हो । ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ,’ उनले भने ।