
काठमाडौं । चर्चित चिनियाँ ग्रुप साइक मोटरको आधिकारिक वितरक हिमालय मोट्रक्सले म्याक्स ब्रान्डको माइफा ७ एमपीभी विद्युतीय कार सार्वजनिक गरेको छ ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सले १ करोड २५ लाख मूल्य पर्ने माइफा ७ सार्वजनिक गरेको हो ।
आज सार्वजनिक माइफा ७ सातसिटे लक्जरी एमपीभी हो । यो कम्पनीले प्रिमियम कार चढ्नेको रहर माइफा ७ ले पूरा गर्ने दाबी गरेको छ । मोबिलिटी एक्स्पोभरि माइफा ७ बुक गर्दा ग्राहकले १० लाख रुपैयाँ सस्तोमै यो गाडी पाउने छन् ।
माइफा ७ मा ९० किलोवाट आवर ब्याट्री छ भने डीसी फास्ट चार्जिङ सपोर्टयुक्त छ । ३० मिनेटमै यो गाडी ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
मल्टिपर्पोज भेहिकल माइफा ७ मा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोलजस्ता सुरक्षा फिचर दिइएका छन् ।
यो गाडीले युरो एनक्याप, सी एनक्याप, ए एनक्यापमा फाइभस्टार रेटिङ पाएको छ । यो गाडीको ९० केडब्लुएच को उच्च क्षमताको ब्याट्रीले ६३५ किमि रेन्ज दिने कम्पनीले जनाएको छ ।
पिमियम डुअल १२.३ इन्च डिजिटल डिस्प्ले रहेको गाडीमा उन्नत मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरोमिक सनरुफ, हाईपर्फमेन्स १८० केडब्लु इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिटजस्ता विशेषता छन् ।











