काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ।प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन्।

संघीय निजामती विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएपछि उनको राजीनामा मागिएको हो। सांसद झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेकोले पदमा रहन नमिल्ने तर्क गरे।
सांसद झाले भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका व्यक्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।














