Logo
Logo

कालीगण्डकी किनारबाट आमा-छोरा बेपत्ता, खोजी जारी


378
Shares

काठमाडौं । कालीगण्डकी नदी किनारबाट ६ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । बुधबार साँझ स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयबाट कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनको ६ वर्षीय छोरा अर्पित सम्पर्कबिहीन भएका थिए ।

उक्त प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेपछि कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आज बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरी खोजी कार्य शुरु गरिएको सहप्रवक्ता थापाले बताए । साथै उनीहरुको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्