काठमाडौं । गायिका रीना मल्ल गिरीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘जतिसुकै ढल्कियोस् उमेर’ बोलको यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । यस गीतको भिडियोलाई गायिका रीनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भत्केको पुलस्थित धरन्तली फुट्सल एन्ड ब्याङकेटमा छायाँकन गरिएको यस गीतमा पुष्पा पौडेलको शब्द रचना र नरहरी प्रेमीको संगीत रहेको छ । रीना मल्ल गिरीको एकल स्वर रहेको यस गीतको भिडियोमा मञ्जु दाहाल र अन्जली गिरीले अभिनय गरेका छन् ।
यस भिडियोको छायाँकन उत्सव दाहाल, सम्पादन बिकास दाहाल र अनुप बराइलीको कोरियोग्रापी रहेको छ ।











