
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोटबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत छुट प्राप्त पाउनेछन् ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ । एनआईएमबीले आफ्ना ग्राहकहरुको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।
छुटको विवरण बैंकको आधिकारिक वेवसाइट https://www.nimb.com.np/personal-banking/offers मा हेर्न सक्किनेछ । बैंकले हाल २७५ शाखा, २६४ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।











