Logo
Logo

इमाडोलमा प्रेमीको घरमा गएकी किशोरीको मृत्यु


2.8k
Shares

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । बुधबार दिउँसो महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय ती किशोरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भई केही महिनायता प्रेम सम्बन्धमा थिए । किशोरी पहिलो पटक बुधबार दिउँसो प्रेमीको घर पुगेकी थिइन् ।

तर, करिब २ बजेतिर एक्कासी बेहोस भएपछि इमाडोलस्थित किष्ट अस्पताल लैजाँदा किशोरीको मृत्यु भइसकेको चिकित्सकाले बताएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रवक्ता) चक्रराज जोशीले बताए ।

किशोरीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ भने अहिले केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्