काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारतको दिल्ली पुर्याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ ।

नेपालमा भिजिट भिसामा कडाइ भएपछि एजेन्टहरूले खाडी मुलुक लैजाने भन्दै महिलालाई दिल्लीका होटलमा बन्धक बनाएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार, दिल्लीको महिपालपुरका चार होटलमा राखिएका महिलालाई प्रहरी र दूतावासको सहयोगमा उद्धार गरी नेपाल ल्याइँदै छ ।
केही महिलासँग पासपोर्टसमेत नभएको र एजेन्टले उनीहरूलाई अल्झाएर बेखर्ची बनाएको पाइएको छ ।














