Logo
Logo

कैलालीमा ३५ लाखभन्दा बढीको अवैध लत्ताकपडासहित एक जना पक्राउ


252
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित गोल मार्केटमा रहेको राधा गोबिन्द सप्लायर्सको गोदाममा सशस्त्र प्रहरीले छापा मारेको छ । छापा मार्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएको ३५ लाख २१ हजार २४० रुपैयाँ बराबरको लत्ताकपडासहित गोदाम सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई नियन्त्रणमा लिइएको छ । 

The current image has no alternative text. The file name is: barmad.jpg

सशस्त्र प्रहरीको नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छली ल्याइएको उक्त सामान र सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्ता र बरामद सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका डिएसपी एवं सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्