Logo
Logo

बडीमालिका गएर फर्किँदा भीरबाट लडेर एक जनाको मृत्यु


252
Shares

बाजुरा । बाजुराको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी फर्कने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको हो ।

बडीमालिका दर्शन गरेर बिहीबार (साउन २२) साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । खोल्सामा अड्किएको उनको शव झिक्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिए ।

लगातार वर्षा भइरहेकाले शवलाई खोल्साबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका निम्ति नेपाली सेनाको हेलिकोप्टर ल्याउने तयारी गरिए पनि प्रतिकूल मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्