Logo
Logo

सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ’ सम्पन्न


252
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ । आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना तर्जुमा गर्दै ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले गत आर्थिक वर्षमा ७०० करोडको बीमाशु ल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए ।

कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे। साथै कम्पनीले लिएको यस वर्ष लक्ष्य प्राप्तिको लागि कार्य योजनासहित काम गर्नको लागि निर्देशन दिए ।

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर शाखा, उपशाखा प्रमुख , मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुलाई सम्मानित गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमालेखहरु मार्फत ग्राहक सङ्ख्या विस्तार गरिने बताए भने नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाईमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए ।


कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए । कार्यक्रमलाई ज्ञानबर्द्धक बनाउनको लागि प्रख्यात स्पिकर मान्सी अग्रवाललाई आमन्त्रित गरिएको थियो । उनले असल नेतृत्वमा हुनु पर्ने गुणहरूको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्