Logo
Logo

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग


252
Shares

काठमाडौं । सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका भन्दै समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए । सांसद शर्माले कानुनी शासनको प्रत्याभूूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्