Logo
Logo

टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने संसदीय समितिको निर्णय


315
Shares

काठमाडौं । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले टियु क्रिकेट मैदानको स्तरोन्नतिका लागि अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ठाकुर गैरेले बताए । 

समितिले यही साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गरेको थियो । समितिले अनुगमन गरेपछि हालसम्मको बीचको अवधिमा भएका प्रगतिको विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो । 

यसअघि स्थलगत अनुगमनका क्रममा स्तरोन्नतिको काममा सन्तोष जनाएको समितिले छिटै बाँकी काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने समेत जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्