Logo
Logo

बडीमालिका र बूढीनन्दामा पूजा


315
Shares

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ शुक्रवार पूजा लागेको छ । आस्थाको धरोहरका रूपमा लिइएको बडीमालिकासहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ । 

The current image has no alternative text. The file name is: badimalika.gif

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेखलगायत शक्ति पीठहरूमा पूजा लाग्छ । 

बडीमालिकामा लाग्नेमा हजारौँ दर्शनार्थीको भीड लागेको छ । धार्मिक तथा रमणयीय क्षेत्र बडीमालिका र बूढीनन्दाको तालसहित फाँटहरूको मनोरम दृश्य अवलोकन गर्न दर्शनार्थी आउने गरेका बडीमालिकाका पुजारी भानुभक्त पाध्याले बताए । 

उनका अनुसार शक्तिका रूपमा रहेकी बडीमालिकाले निःशसन्तान भएकालाई सन्तान प्राप्ति हुने, मनोकाङ्क्षा पूरा हुनेहुँदा बडीमालिकामा बढी दर्शनार्थीको घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए  । बडीमालिका र बूढीनन्दा दिदीबहिनीका रूपमा रहेकाले बडीमालिका र बूढीनन्दाको एकसाथ पूजा लाग्ने गरेको उनी बताउँछन् । 

बडीमालिकामा रहेका २२ पाटन, खेतीबेती, त्रिवेणीधाम  लगायतका क्षेत्रको थुपै्र अन्य दृश्यवलोकन गर्न पाउने गरेको पुजारी पाध्यायको भनाइ छ । यस्तै बूढीनन्दामा रहेका राक्षस ताल, झरना, सुन्दर फाँट रहेका छन् ।

बडीमालिकामा सरकारी पूजा 

आस्थाको धरोहरका रूपमा रहेको बडीमालिकामा बिहानबाट नै दर्शनार्थीसहित चार जिल्लाको सरकारी पूजा लागेको छ । बडीमालिकाका लागि आएको सरकारी पूजा डोटी, जुम्ला, कालीकोट र बाजुराको सरकारी पूजा एकसाथ लागेको हो । 

बडीमालिकाका लागि डोटी, बाजुरा, जुम्ला र कालीकोटबाट हरेक वर्ष सरकारी पूजाका लागि टोली आउने गरेको छ । 

सेनाको स्वास्थ्य शिविर 

बडीमालिकामा गएका दर्शनार्थीका लागि ईश्वरी बक्स गुल्म बाजुराले तीन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञचालन गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका समुन्द्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा छ । भक्तजनलाई अक्सिजन अभावका कारण लेक लाग्छ । 

नेपाली सेनाले त्रिवेणीधाम, बडीमालिका परिसर र बीच बाटोमा गरी तीन ठाउँमा शिविर सञ्चालन गरेको छ । बिहीबारसम्म सेनाले ६०० जनाभन्दा बढीको उपचार गरेकहो गुल्मले जनाएको छ । आज पूजा सकिएपछि बडीमालिकाबाट तीर्थयात्री त्रिवेणी नगरपालिकास्थित नाटेश्वरीमा जनैपूर्णिमा मेलामा दर्शन गरी घर फर्किने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्