Logo
Logo

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते


945
Shares

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिवार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ ।

The current image has no alternative text. The file name is: newyorktime.gif

विभागका प्रवक्ताले एएफपीसँग भने, ‘स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।’

चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ ।  घाइते तीनै जनालाई न्यूयोर्क सहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । 

‘आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,’ नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । सन्दिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन । 

दैनिक दसौँ हजार पर्यटक आउने सहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औँ स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो । न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा सहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो ।

गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्