Logo
Logo

मादी नदीले बगाउँदा एक जना बेपत्ता


315
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका छन् ।

बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई खोलाले बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्