Logo
Logo

‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने दिदी पक्राउ


32.2k
Shares

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु घटनामा थप एक जना पक्राउ परेका छन् ।

गत आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सम्झना मृत्यु घटनामा प्रहरीले श्रीमान्, ससुरा र सासूपछि अब श्रीमान् पवन भट्टकी दिदी पूजा भट्टलाई पक्राउ गरेको हो ।

प्रहरीले फेला पारेको अडियोमा पूजाले आफ्नै भाइ पवनलाई ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिएकी छन् ।

पीडित पक्षको किटानी जाहेरीका आधारमा शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट पूजालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराले जानकारी दिए । उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

यसअघि पवन, उनका बुवा हरिदत्त र आमा किरण पक्राउ परेका थिए । सबैजनालाई जिल्ला अदालतको आदेशमा म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ ।

सम्झनाका माइती पक्षले विवाहपछि दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । त्यही यातना र पारिवारिक दवावका कारण उनले ज्यान गुमाएको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्