कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका-११ की ६र७ वर्षीया जीविका पन्त र सानबी पन्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताए ।
प्रहरीका अनुसार उनीहरूको खोजी कार्य जारी छ। स्थानीयका अनुसार नदी किनारमा अन्य बालिकाहरू पनि नुहाइरहेका थिए, तर तीमध्ये यी दुई बालिका नदीमा बगेर बेपत्ता भएका हुन् ।














