Logo
Logo

सुन-चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ


378
Shares

कास्की । कास्की प्रहरीले सुन र चाँदीको अवैध कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा र भारतका विभिन्न व्यक्ति छन् ।

The current image has no alternative text. The file name is: arrested.jpg

गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका वडा २, ३, ४ र ९ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूबाट ४३० तोला सुन, ४६५ तोला चाँदी र करिब ५ लाख १५ हजार नगद बरामद गरेको छ ।

फरार एक जनाको खोजी जारी छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्