Logo
Logo

‘रविजीको कोठामा एसी छैन, दुई पंखा छ, झ्याल थुनिएको छ’


6k
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा कारागारको अनुगमन गरेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न खालका समाचार आइरहेको बेला आयोगको टोलीले कारागार पुगेर अनुगमनमा गरेको हो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको भन्दै लामिछानेलाई राखिएको ब्लकमा आधारभूत सुविधाहरुको समेत अभाव रहेको बताइन् ।

कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको भन्दै उनले रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था समेत नदेखिएको बताइन् ।

‘उहाँ बस्ने कोठामा एसी देखिएन, दुईवटा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ,’ उनले भनिन् ।

प्रवक्ता थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्