Logo
Logo

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ 


4.6k
Shares

भारत । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको बिबीसी हिन्दीले जनाएको छ ।  

The current image has no alternative text. The file name is: rahul-gandhi.gif

आयोगमा जाने सांसदको सङ्ख्या धेरै भएका कारण सांसदहरूलाई हिरासतमा लिनु परेको दाबी प्रहरीको रहेको छ ।  निर्वाचन आयोगमा ३० जना जान सक्ने भए पनि सांसदहरूको सङ्ख्या त्यो भन्दा बढी भएकाले हिरासतमा लिनु परेको प्रहरीको भनाइ छ ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका गान्धीले लोकसभामा केही दिनअघि निर्वाचनमा सरकारले गडबडी गरेको र त्यसलाई आयोगले साथ दिएको विषय उठाएका थिए । 

प्रतिक्रिया दिनुहोस्