
काठमाडौं । मौसम विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज देशका विभिन्न ४६ जिल्लामा बाढीको आउने सम्भावना रहेको बताएको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशका ४६ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको हो ।
आज इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, पर्सा, बारा, डोल्पा, कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिरहा, सप्तरी, रौतहट, सर्लाही, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डडेलधुरा, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
















