
काठमाडौं । सभामुख देवराज घिमिरेले कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दैछन् ।
सभामुखले आज बिहान ११ बजे संसद्मा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । उनले यसअघि दलका नेताहरू र संसद सचिवालयकै अधिकारीहरुसँग पनि संवाद गरेका छन् ।
कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा विधेयकको प्रतिवेदनमा राखिएको भन्दै चौतर्फी विरोध भएपछि सभामुखले संसदीय छानविन समिति गठन गरेका थिए ।
उक्त गठित समितिले संघीय निजामति विधेयकमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।
यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।














