Logo
Logo

जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी  हुनुहुँदैन  : ओली 


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: oli-6.gif

राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।

सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने बताए । 

भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासिन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ थियो । उनले भने, ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै ९प्रधानमन्त्रीकै० कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् । आफूभन्दा मातहतका मानिस वा सार्वजनिक रुपमा गिर्ने गरी कुनै काम नगर्नुस् । अरूको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’

ओलीले नेपाललाई विकसित मुलुकमा रूपान्तरणका लागि सुशासनको दृढ सङ्कल्प लिएर छिटो छिटो दौडन आवश्यक रहेको बताए । सो अवसरमा ओलीले देश विकासका लागि वाधक बनेका हरेक विषय उछिन्दै विकासको बाटोमा लाग्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्