Logo
Logo

मुकुलको रास्वपा फर्किने वैधानिक ढोका बन्द, सर्वोच्चद्वारा रिट खारेज


819
Shares

काठमाडौं । रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासको उक्त रिट खारेज गरिदिएको हो ।

ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो ।

त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो ।

साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो।

रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निकालिएको थियो । त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । ढकाल रास्वपाका प्रवक्ता समेत थिए ।

प्रतिक्रिया दिनुहोस्