Logo
Logo

लक्ष्मी सनराइज बैङ्कको नाफा ४० प्रतिशतले बढ्यो 


189
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले आर्थिक वर्ष २०८१/८२ मा ४०.९७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ९२ करोड नाफा कमाएको बैङ्कले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ ।

जसमा बैङ्कको खुद ब्याज आम्दानी १२ अर्ब ८४ करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैङ्कले १२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष सामान्य बढाउन सफल भएको हो ।  

खुद सञ्चालन आय १४ अर्ब ६८ करोड छ भने सञ्चालन मुनाफा पनि ६ अर्ब ९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको खुद सञ्चालन आय १४ अर्ब ९१ करोड थियो भने खुद सञ्चालन मुनाफा ४ अर्ब ४० करोड थियो । यो वर्ष बैङ्कले यस्तो आम्दानीमा सामान्य वृद्धि मात्रै गर्न सकेको देखिन्छ । 

बैङ्कको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफामा १४२.१ प्रतिशतले बढेर ३ अर्ब ५३ लाख पुगेको छ । जसबाट सेयर धनीलाई १२.३४ प्रतिशत लाभांश दिन सक्नेछ । 

अघिल्लो वर्ष बैङ्कको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड १६ थियो । जसबाट बैङ्कले ५.२६ प्रतिशत लाभांश दिएको थियो । समीक्षा अवधिमा बैङ्कको खराब कर्जा ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्