Logo
Logo

पाकिस्तानी दूतावासमा मनाइयो ७९औँ स्वतन्त्रता दिवस


693
Shares

काठमाडौं । पाकिस्तानले आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाएको छ । 

स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झन्डोत्तोलन गर्दै दिवस मनाएको हो । यस वर्षको स्वतन्त्रता दिवस “मार्का–ए–हक” को विजयको उत्साहसहित मनाइएको थियो । 

७९ वर्ष अगाडि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक वर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ। दूतावासमा आयोजित कार्यक्रममा राष्ट्रपति महामहिम आसिफ अली जरदारीले पठाएको सन्देश सुनाइएको थियो ।

राष्ट्रपतिको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख  छ। त्यस्तै उनले पाकिस्तानका संस्थापक कैद–ए–आजम मुहम्मद अली जिन्ना र आन्दोलनका कार्यकर्ताहरूको संघर्षलाई स्मरण गरेका थिए । 

त्यस्तै, प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले आफ्नो सन्देशमा बितेका ७८ वर्षले दृढता, दरिलो विश्वास र उज्यालो भविष्यको आशाको निम्ति देशका सपूतहरुले भोगेको अनिगिन्ती चुनौतीहरुको कथा भन्ने बताए । यसबाहेक पाकिस्तानले प्रत्येक क्षेत्रमा सफलता र उन्नतिको कोशेढुंगाका श्रृंखलाहरु हासिल गरेको पनि उनले उल्लेख गरे ।

उक्त अवसरमा उपप्रधान एवम् विदेशमन्त्री मोहम्मद इशाक दरले भने, ‘आज मार्का ए हकको जितको उत्सव पनि मनाउँछौं, जहाँ पाकिस्तानले सैनिक र कूटनैतिक क्षेत्रमा तीव्र विकास गरेको थियो ।’

कार्यक्रममा राजदूत हास्मीले सन् १९४७ को ऐतिहासिक सङ्घर्ष र राष्ट्रका पुस्ताहरूले गरेको बलिदानप्रति सम्मान व्यक्त गरेका थिए । उनले विशेषगरी नेतृत्वको र पाकिस्तानी सेनाको जसले मार्का ए हकमा भारतीय सेनालाई पछि पार्न सफल भएको थियो त्यसप्रति सम्मान जनाए ।

नेपाल सरकारले पनि पाकिस्तानको ७९औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्