Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकका लागि सारंग हेल्थ केयरमा विशेष छुट


378
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले ललितपुर, बखुन्डोलस्थित सारंग हेल्थ केयरसँग विशेष सम्झौता गरेको छ ।

सम्झौता अनुसार, एनआईएमबी डेबिट/क्रेडिट कार्ड तथा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोग गर्ने ग्राहकहरूले सारंग हेल्थ केयरमा उपलब्ध स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि भुक्तानी एनआईएमबी कार्ड वा स्मार्ट एपमार्फत गर्नुपर्नेछ ।

यस अन्तर्गत, बैंकका ग्राहकहरूले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन् । यस्तै, ईसीजी, यूएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा समेत ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । बैंकले यस्ता सहकार्यहरूले ग्राहकहरूलाई किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्