Logo
Logo

आज राष्ट्रियसभामा प्रधानमन्त्रीले समावेशी आयोगको प्रतिवेदन पेश गर्ने


378
Shares

The current image has no alternative text. The file name is: oli-lp.gif

काठमाडौं । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११:४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ । 

साथै, राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले सातै प्रदेशमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन सभामा पेस गर्ने सम्भावना छ । 

आजै पाँचवटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयको तुलनात्मक विश्लेषणसहित प्रस्तुतीकरण र छलफल हुनेछ । यसैगरी, उद्योग, वाणिज्य तथा श्रम समितिको बैठकमा ‘निकासी पैठारी ९नियमन० विधेयक, २०८१’ मा विज्ञको प्रस्तुतीकरणपछि छलफल हुने कार्यक्रम छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट-२०२५ को तयारीबारे समीक्षा गर्नेछ । 

सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमतासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्