Logo
Logo

अमेरिकी सैन्य क्याम्पमा ट्रम्प भेट्दै पुटिन


1.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आज अलास्काको एंकोरेजस्थित सैन्य अड्डामा भेट्दै छन् । सात वर्षपछि हुने यो भेटको मुख्य उद्देश्य २०२२ देखि जारी रूस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता सुरु गर्नु हो ।

The current image has no alternative text. The file name is: putin-trump.gif

सीएनएनका अनुसार, बैठकमा दुई नेता र दुई अनुवादक मात्र उपस्थित हुनेछन् । वार्ताको विस्तृत विवरण गोप्य रहने भए पनि दुवै नेताले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

ट्रम्पले चुनाव प्रचारमा २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका थिए, तर ६ महिनापछि पनि यो पूरा भएको छैन । रूसले युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि ट्रम्पले पुटिनलाई ५० दिनको समयसीमा दिँदै प्रतिबन्धको चेतावनी दिएका थिए । अगस्ट ६ मा अमेरिकी विशेष दूत स्टीभ विटकोफको मस्को भेटपछि यो बैठक तय भएको हो ।

अलास्का छनोटको कारण सुरक्षा र दूरी हो । रूसको चुकोटका प्रान्तबाट ९० किलोमिटर टाढा रहेको अलास्का पुटिनका लागि सुरक्षित र युक्रेन–युरोपबाट टाढा छ । रूसी सुरक्षाकर्मीले पुटिनको सुरक्षाको जिम्मा लिनेछन् । बैठकस्थल एल्मेन्डोर्फ–रिचार्डसन सैन्य अड्डा अत्यन्त सुरक्षित मानिन्छ । १५ अगस्टमा एंकोरेजमा सबै उडान बन्द हुनेछन् । 

रूसले युक्रेनको २० प्रतिशत भूभागमा दाबी गरेको छ, तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की एक इञ्च पनि छोड्न तयार छैनन् । युरोपेली देशहरूले पनि युक्रेनको आत्मसमर्पणको विरोध गर्दै सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । ट्रम्पले हालै जेलेन्स्की र युरोपेली नेतासँग भर्चुअल बैठकमा भूभाग अदला–बदलीको प्रस्ताव राखेका थिए, तर सहमति जटिल छ । यो भेटले तत्काल युद्धविरामको सम्भावना कम देखिए पनि शान्तिको बाटो पहिल्याउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्