Logo
Logo

आज भारतको ७९ औँ स्वतन्त्रता दिवस


441
Shares

काठमाडौं । भारतले आज आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । अगस्ट १५ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लाबाट तिरंगा फहराउँदै राष्ट्रलाई सम्बोधन गर्नेछन् ।

मोदीले लगातार १२औँ पटक लाल किल्लाको प्राचिरबाट स्वतन्त्रता दिवसको सम्बोधन गर्न लागेका छन् । यस वर्षको समारोहमा २६ राज्य र केन्द्रशासित प्रदेशबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चलाई विशेष अतिथिको रूपमा निम्त्याइएको छ ।

लाल किल्ला र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । ११,००० भन्दा बढी सुरक्षाकर्मी र ३,००० ट्राफिक प्रहरी खटाइएका छन् । सुरक्षाका लागि स्नाइपर, एन्टी-ड्रोन युनिट, सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र सवारी साधनको तल निगरानी प्रणाली पनि तैनाथ गरिएको छ ।

समारोहअघि प्रधानमन्त्री मोदीले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्