Logo
Logo

अवैध लागूऔषधसहित देश विभिन्न स्थानबाट १० जना पक्राउ


189
Shares

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ-१०, कपनबाट २.१३ ग्राम ब्राउनसुगरसहित १८ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

The current image has no alternative text. The file name is: 1698046101arrested.jpeg

टोखा-७ बाट विजय तामाङलाई नाइट्राभेट, डाईजेपाम, नोर्फिन र फेनारगनसहित,मोरङको रंगेली-९ बाट ४१.९२ ग्राम खैरो हेरोइनसहित रिंकु कुमार शर्मा र राकेश प्रमाणीलाई गरिएको हो ।

बाँकेको नेपालगन्ज-३ बाट ४७.७१ ग्राम खैरो हेरोइनसहित वीर बहादुर विक, मकवानपुरको हेटौंडा-४ बाट विवेक खड्का र सुशान्त मैनाली १.७३ ग्राम खैरो हेरोइनसहित स्कूटरमा पक्राउ परे ।

हेटौंडा-१० बाट सन्तोष कार्कीलाई २.२५ ग्राम लागूऔषध र ३ लाख १७ हजार नगदसहित पक्राउ गरियो । हेटौंडा-५ बाट राजीव मोक्तान ०.५७ ग्राम खैरो हेरोइनसहित समातिए । सुनसरीको धरान-१६ बाट रकिल राईलाई ५५० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ गरियो । प्रहरीले यी घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्