Logo
Logo

ब्राउन सुगरसहित चार जना पक्राउ


252
Shares

धरान । सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिवार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: drug-abuse-1.jpg

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम आछामे रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १४.३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्