भारत । आइतबार राति गुरुग्राममा युट्युबर तथा ‘बिग बोस ओटीटी’ विजेता एल्विश यादवको घरमा अज्ञात व्यक्तिहरूले गोलीबारी गरेको छ । एल्विशका बुबा राम अवतार यादवका अनुसार, तीन जना सन्दिग्ध अपराधीले घरमा करिब २५ देखि ३० राउन्ड गोली चलाएका थिए ।

राम अवतारले पीटीआईसँग कुराकानी गर्दै भने, ‘घटना हुँदा हाम्रो परिवार घरमा थियो, तर एल्विश कामको सिलसिलामा बाहिर थिए । म सुतिरहेको थिएँ ।’ उनले भने, ‘सीसीटीभी फुटेजमा तीन जना देखिन्छन्, जसमध्ये दुई जनाको अनुहार स्पष्ट रूपमा देखिएको छ ।’
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ र प्रमाण सङ्कलन गरिरहेको पीटीआईले जनाएको छ । राम अवतारले प्रहरीको कार्यप्रति विश्वास व्यक्त गर्दै भने, ‘हामीलाई प्रहरीले राम्रोसँग अनुसन्धान गरिरहेको छ भन्ने लाग्छ ।’ यो घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले दोषीहरूलाई पक्राउ गर्न तीव्र अनुसन्धान गरिरहेको बताइएको छ। थप विवरणको लागि अनुसन्धानको प्रगति कुरिनुपर्ने छ।











