Logo
Logo

अहिलेको सरकार प्रभावकारी देखिएको छ : शङ्कर पोखरेल


441
Shares


काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताएका छन् ।

प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताएका हुन् ।

महासचिव पोखरेलले एमाले र कांग्रेसले मुख्य गरी मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कामय गर्ने र स्थायित्वको आधार तयार गर्ने उद्देश्यले सरकार बनेको बताउँदै सोही अनुरुप सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताए ।

‘अघिल्लो सरकार हुने बेलासम्म राष्ट्रसेवक कर्मचारीले समयमा तलब नपाउने र निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी दिन नसक्ने अवस्थामा थियो, उनले भने, ‘वर्तमान सरकार बनेपछि आर्थिक रुपमा सबै सूचकमा अगाडि छन्, पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिती इतिहासको उच्च विन्दुमा छ र व्यापार व्यवसायमा उलेख्य वृद्धि भएको छ ।’ उनले वर्तमान सरकार बनेपछि आयात र निर्यात दुवै बढेको बताए ।

पोखरेलले सामाजिक सञ्जालमा हल्ला गर्ने वित्तिकै सरकार असफल भन्न नमिल्ने बताए । उनले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजेको बताए ।

‘लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन त्यसमा ढुक्क हुनुस्,’ उनले भने, ‘सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ स्वतन्त्रताका नाममा अराजकता बढेको सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो ।’

प्रतिक्रिया दिनुहोस्