Logo
Logo

बाटोसम्बन्धी विवादमा घुस खाएको आरोप : न्यायिक समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा


1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगले सोमबार पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि दुई लाख विगो र जरिवाना माग गरी आरोप९पत्र दायर गरिएको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकाससम्बन्धी विवादमा निवेदक रविन कुमारले श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्