Logo
Logo

अर्थ र कानुन समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्