Logo
Logo

नाडा अटो शो आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने


315
Shares

काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रुपमा लिइने नाडा अटो शो आजदेखि काठमाडौंमा सुरु हुँदैछ । १७औँ संस्करणको नाडा अटो शो २०२५ आजदेखि यहि भदौ ८ गतेसम्म भृकुटीमण्डप परिसरमा आयोजना हुने भएको हो ।

यस अटो शो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।

प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् ।
यसअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक गत साउनमै ‘नाइमा मोबिलिटी एक्स्पो’ सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्