Logo
Logo

एमाले र कांग्रेसले किन बोलाए आकस्मिक बैठक ?


2.8k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेले साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्नेगरी बैठक बोलाएको हो ।

आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही नखुलाइएको एमाले सांसद सूर्य थापाले जानकारी दिए । त्यस्तै कांग्रेसले पनि १० देखि २ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमाले र कांग्रेसले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्