Logo
Logo

हमासले स्वीकार्‍यो युद्धविराम


1.1k
Shares

काठमाडौं । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइका लागि मिस्र र कतारले प्रस्ताव गरेको नयाँ मध्यस्थता प्रस्तावमा सहमति जनाएको छ। बीबीसीले प्यालेस्टाइनी स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको छ । 

The current image has no alternative text. The file name is: israel-attack-in-gaza-1.jpg

प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुनमा प्रस्तुत गरेको रूपरेखामा आधारित छ । यसअनुसार पहिलो चरणमा ६० दिनको युद्धविराम लागू हुनेछ। त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ, जसमध्ये २० जना मात्र जीवित रहेको बताइएको छ । त्यसपछि मात्र स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्नेछ । इजरायलले भने यो प्रस्तावबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धक एकैचोटि रिहा भएपछि मात्र सम्झौता स्वीकार गर्ने बताएका थिए । हमासको सहमतिपछिको पछिल्लो भिडिओ सन्देशमा नेतन्याहुले कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् । उनले भने, ‘यसले हमासमाथि ठूलो दबाब रहेको सङ्केत गर्छ ।’

प्रतिक्रिया दिनुहोस्