Logo
Logo

इजरायलका प्रधानमन्त्रीले विपिन जोशीकी आमा र बहिनी भेट्दै


693
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पासँग आज स्थानीय समयअनुसार बिहान ११ बजे भेट्दै छन् ।

The current image has no alternative text. The file name is: bipin.gif

विपिनको रिहाइका लागि दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा उनीहरू गत साता इजरायल पुगेका हुन् । यसअघि उनीहरूले राष्ट्रपति इसाक हर्जोग, संसद् अध्यक्ष अमिर ओहाना र परराष्ट्रमन्त्री गिडोन सारसँग भेटिसकेका छन् । आइतबार राष्ट्रपति भवन र संसद् भवनमा भएको भेटमा ओहानाले विपिनको रिहाइका लागि इजरायली संसद्को पूर्ण सहयोग रहने बताए ।

राष्ट्रपति हर्जोगले विपिनलाई ‘हिरो’ भन्दै उनको साहसिक कार्यको प्रशंसा गरे । ‘हमासको आक्रमणमा विपिनले बम समातेर फ्याँके, यस्तो वीरता कमैमा हुन्छ,’ हर्जोगले भने । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले राष्ट्रपति हर्जोगको प्रयासको प्रशंसा गर्दै नेपाल भ्रमणको आशा व्यक्त गरे ।

आज नेतान्याहुसँगै पद्मा र पुष्पाले अमेरिकी राजदूत माइक हुकावेसँग पनि भेट्नेछन् । इजरायल बसाइँपछि उनीहरू अमेरिका जाँदैछन्, जहाँ उच्च पदस्थहरूसँग भेट हुने अपेक्षा छ । कार्यकारी प्रमुख नेतान्याहु र प्रभावशाली अमेरिकी राजदूतसँगको भेटले विपिनको रिहाइमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्