Logo
Logo

हेटौँडा-काठमाडौं सडक पूर्ण रूपमा सञ्चालनमा


378
Shares

बागमती । हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-भिमफेदी-सिस्नेरी-काठमाडौँ सडक सञ्चालनमा आएको छ । 

The current image has no alternative text. The file name is: sadk.jpeg

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिवारदेखि अवरुद्ध भएको थियो । 

अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्