Logo
Logo

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध


378
Shares

दार्चुला । सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका-३  रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

The current image has no alternative text. The file name is: mahakali-lokmarga.gif

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्