Logo
Logo

बीवाइडीको बहुप्रतिक्षित एटो-२ नाडा अटो शोमा सार्वजनिक, मूल्य कति ?


1k
Shares

काठमाडौं । चिनियाँ गाडी निर्माता कम्पनी बीवाइडीको बहुप्रतिक्षित सानो एसयूभी एटो-२ नेपालमा सार्वजनिक गरिएको छ।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा एटो-२ सार्वजनिक गरेको हो। कम्पनीले यसअघि नै यो मोडल नेपाल भित्र्याए पनि औपचारिक रूपमा पहिलोपटक नाडा अटो शोमै प्रदर्शन गरेको हो।

यो गाडी बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको हो । यसमा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु बडी प्रविधि छ। यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन छ। यो ५ स्टार सेफ्टी रेटिङप्राप्त कार हो ।

बीवाइडी एटो–२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम तथा ह्विलबेस २६२० एमएम छ।

गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ राखिएको छ । यसमा रहेको ४५.१ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गाडीमा १०० किलोवाट क्षमताको मोटर पावर छ । यसले २९० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा ७ वटा एयर ब्याग छन् । यस्तै प्यानारोमिक सनरुफ पनि छ। गाडी अगाडिपट्टि ड्रागन फेस डिजाइनमा बनाइएको छ।

यसमा एलईडी हेडलाइट र फुल टेललाइट हालिएको छ। गाडीमा इन्टेरियर भेगन लेदर सिट, ३६० डिग्री क्यामेरा, एडास, एनएफसी कार्ड अर्थात केलेस इन्ट्री, ओभर द एयर अपडेट छन्। भेहिकल टु लोड पावर सप्लाइ सुविधा र ४०० लिटरको बुट स्पेस पनि छ।

प्रतिक्रिया दिनुहोस्