Logo
Logo

नाडा अटो शो : प्रधानमन्त्रीद्वारा बीवाईडी एट्टो २ सार्वजनिक, बुकिङ खुला


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीवाईडीको हालसम्मकै सबैभन्दा सहज मूल्यमा उपलब्ध एसयूभी ‘बीवाईडी एट्टो २’ सार्वजनिक गरेका छन् ।

नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले ल्याएको एसयूभीको प्रधानमन्त्रीले हिजो (मंगलबार)देखि सुरु भएको नाडा अटो शो २०२५ मा सार्वजनिक गरेका हुन् ।

यो सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रूपमा रहेको कम्पनीले जनाएको छ ।

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ ।

यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।

हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध रहेको बीवाईडी एट्टो २ खरिदका लागि बुकिङ खुला भएको छ । यस इभीमा ७ किलोवाटको वाल–माउन्टेड चार्जरसमेत समावेश छ ।

कम्पनीका अनुसार कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ ।

४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लूएलटीपीअनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्