
काठमाडौं । करेन्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोगमा चितवनको माडीका किसान हरिभक्त श्रेष्ठ पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
मंगलबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले माडी–२ भैरवपुरका श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
गत साउन २१ गते माडीमा बाली जोगाउन हरिभक्त श्रेष्ठको खेतमा छाडिएको करेन्ट लागेर एक सिंगे गैंडाको मृत्यु भएको थियो । गैंडा मरेपछि निकुञ्ज प्रशासनले सोही दिन श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार करेण्ट लगाई संरक्षित वन्यजन्तु एकसिंगे गैडा मारेको अभियोग लगाइएको थियो ।














