
एजेन्सी । अमेरिकाले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएको छ । मंगलबार अमेरिकी ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लीविटले राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताएकी हुन् ।
यसअघि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेको भन्दै भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेको छ । यसमा २५ प्रतिशत पारस्परिक अर्थात् टिट फर ट्याट ट्यारिफ र रूसबाट तेल खरिद गर्दा २५ प्रतिशत जरिवाना समावेश छ । पारस्परिक कर ७ अगस्टदेखि लागू भएको छ भने जरिवाना २७ अगस्टदेखि लागू हुनेछ ।











